मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

१६ मंसिर, काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। काठमाडौँबाट ज १२ प ५२२५ नम्बरको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका-३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो।

जनकपुर-ढल्केबर खण्डअन्तर्गत महेन्द्रनगरमा भएको दुर्घटनामा परी गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here