श्रीमान हत्यामा संलग्न अभियोगमा ७ वर्षपछि श्रीमती पक्राउ

१६ मंसिर, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले आफ्नै श्रीमानको हत्यामा संलग्न रहेको अभियोगमा ७ वर्षपछि श्रीमतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १० भट्टे स्थायी घर भई,हाल घोराही बस्दै आएकी ५० बर्षीया दिल कुमारी सेन रहेकी छिन्।

frontline

२०७१ चैतमा काठमाडौंको धोवीखोला स्थित सिम्रिक पुल मुनि टाउकोमा चोट लागेको अवस्थामा ४८ बर्षीय पुरूषको लाश फेला परेको थियो।

अनुसन्धानका क्रममा मृतक दाङको तुलसीपुर घर घई काठमाडौंको थापागाँउ बस्ने द्रोण बहादुर सेन रहेको खुलेको थियो। त्यस पश्चात् थप अनुसन्धान गर्दा मृतकलाई ईट्टाले टाउकोमा प्रहार गरी हत्या भएको खुल्न आएको थियो।

सो घटना पश्चात फरार रहेका मुख्य अभियुक्त रामेछापका ५४ बर्षीय भिमे सार्कीलाई प्रहरीले १ बर्ष अघि पक्राउ गरेको थियो।

सोही मुद्दामा फरार रहेकी मृतककी श्रीमती दिल कुमारी सेनलाई गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले ७ बर्षपछि वानेश्वरबाट पक्राउ गरको प्रहरीले जनाएको छ।

सेनलाई गोप्य सूचनाको आधारमा पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरमा पठाएको माहाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here