पशुपतिमा बाला चतुर्दशी मेला सञ्चालनको तयारी

१५ मंसिर, काठमाडौं । यस वर्ष पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गत वर्ष कोरोना जोखिम तीव्र रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो ।

यस वर्ष भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला सञ्चालनको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडालेजानकारी दिनुभयो ।

frontline

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीको राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत स्थानमा शतबीज छर्ने गर्छन् । यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ ।

यस वर्ष यही मङ्सिर १६ गते राति महादीपदान गर्ने र मङ्सिर १७ गते बिहान शतबीज छर्ने दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

यस अवसरमा देशका विभिन्न भागबाट भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्छन् । यहाँ आउन नसक्ने भक्तजनले भने नजिकको शिवालयमा त्रयोदशीको राति महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here