एमाले महाधिवेशन : मतदान जारी

श्रोत : ईन्टरनेट

१४ मंसिर, सौराहा । नेकपा (एमाले) को १० औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । मतदान बिहान १० बजेसम्ममा सम्पन्न हुने बताइएको छ ।

महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।

frontline

एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिताविपरित भएको भन्दै केही प्रतिनिधिहरुले विरोध जनाएका छन् ।

एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहित विपरितरहेको बताउनुभयो । निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्न भनेको पनि रावलले बताउनुभयो ।

संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके  धाँधली मानिने उहाँले बताउनुभयो । ओली पक्षले प्रतिनिधि छनोटदेखि शुरु गरेको धाधली मतदानको समयसम्म जारी राखेको भन्दै उहाँले रोष प्रकट गर्नुभयो ।

यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ रावलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here