८० अंकले घट्यो नेप्से परिसूचक
१२ मंसिर,काठमाडौं । सेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६ सय ५१.४९ विन्दुमा झरेको छ। यसदिन २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भयो।
ठूला कम्पनीको सेयर मापन इण्डेक्स पनि दोहोरो अंकले घटेको छ। यसदिन इण्डेक्स १४.१९ अंकले घटेर ५०१.४५ विन्दुमा पुगेको छ।
यस्तै कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ। यसदिन व्यापार समूहको सर्वाधिक ५.३७ प्रतिशतले घटेको हो। त्यसपछि दोस्रोमा डेभलपमेन्ट बैंकको परिसूचक ५.११ प्रतिशतले घटेको छ।
यसदिन जलविद्युत समूहको ४.२१ प्रतिशतले घट्दा जीवन विमाको ३.६६, लगानीको ३.३९, अन्यको ३.१६, निर्जीव विमाको ३.१८ प्रतिशतले परिसूचक घटेको छ। बाँकी अन्य सबै समूहको परिसूचक पनि ओरालो लागेको छ।
यसदिन कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आइसीएफसी फाइनान्सको ९.७८ प्रतिशत र स्यामलिङ पावर कम्पनीको ८.२१ प्रतिशतले मू्ल्य बढेको छ। यसदिन कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रह्यो।
सो कम्पनीको २९ करोड ८१लाख ९१ हजार बराबर मूल्यमा सेयर खरिद बिक्री भयो। २३ करोड ४८ लाख ६ हजार मूल्य बराबरमा सेयर खरिदबिक्री गरी नेपाल रिइन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रह्यो।
प्रतिक्रिया दिनुहोस्