तीन वर्षमा संघीयता कार्यान्वयन र सामाजिक रुपान्तरणको आधार तयार : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणलाई सशक्त रुपमा अगाडि बढाउँदै तीन वर्षे कार्यकालामा संघीयता कार्यान्वयनका लागि सफलता प्राप्त भएको बताएका छन् । प्रदेश सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री राउतले उपलब्धिको फेहरिस्त सुनाए ।उनले यस अवधिमा ३९ वटा विधेयक प्रमाणित, संघीय सरकारविरुद्ध ६ वटा मुद्दा दायर, सहिद परिवारका २७ जनालाई रोजगारी, लोक सेवा आयोग, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, आम सञ्चारमाध्यम प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड गठन भएको जानकारी दिए ।मुख्यमन्त्री राउतले च्याउको बीउ वितरण, घाँस पराल काट्ने यन्त्र वितरण, लोकसेवा तयारी कक्षा सञ्चालन, शौचालय निर्माण जस्ता टुक्रे योजनालाई समेत प्रदेश सरकारको उपलब्धिका रुपमा सार्वजनिक गरेका छन् । संघीयता कार्यन्वयनमा प्रदेश २ सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्दै संविधानले प्रदान गरेको प्रदेशको अधिकारलाई संस्थागत गरी प्रदेशको समग्र विकासका लागि अधिकार क्षेत्र तथा जिम्मेबारी बाँडफाँडसम्बन्धी समस्या समाधन गर्न सागरनाथ वन, सिंचाइ, प्रहरी समायोजन, कर्मचारी समायोजनलगायतका ६ वटा विषयमा संघीय सरकारको विरुद्धमा प्रदेश सरकारले मुद्दा दायर गरेको पनि उनले बताए ।

मधेस आन्दोलनका सहिद परिवारलाई ‘एक सहिद परिवार, एक रोजगारी’ योजनाअन्तर्गत सहिद परिवारका २७ जनालाई रोजगार उपलब्ध गराएको मुख्यमन्त्री राउतले बताए ।प्रदेश सरकारले तीन वर्षमा मन्त्रालय तथा मातहतका निकायहरुको स्थापना, कर्मचारी व्यवस्थापन, भौतिक पूर्वाधारको विकास, सेवा सञ्चालनका लागि कानूनको अभाव लागायतका कैयौँ चुनौतीका बीच प्रदेश सरकारले नागरिकप्रतिको दायित्व तथा जिम्मेवारी निर्वाह गर्दै सरकारको काम कारबाहीलाई सुशासनमैत्री बनाई सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, कानुन निर्माण, सामाजिक सुरक्षालगायतका कार्यहरु प्रभावकारी रुपमा अगाडि बढाएको राउतले बताए ।

frontline

छोरीलाई विद्यालय पठाई उनीहरुको वैयक्तिक विकासको अतिरिक्त सशक्तीकरणको माध्यमबाट विभेदमुक्त समाजको निर्माण र समाज रुपान्तरणका लागि प्रदेश सरकारले महिला सशक्तिकरण तथा सामाजिक सुधारका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चाकलन गरी प्रदेशमा जन्मिएका छोरीहरुको सुरक्षा, शिक्षा र सशक्तीकरणका लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए । अभियानमा ६ हजार ९ सय ६ जना छोरीहरुलाई बीस वर्षपछि तीन लाख रुपैयाँ पाउने गरी छोरी बीमा र मुद्दती खाता खोली प्रदेश सरकारबाट रकम जम्मा गरिएको मुख्यमन्त्री राउतले बताए ।प्रदेश सरकारले स्थापना कालदेखि नै प्रदेशका नागरिकहरुको आवश्यकता, चाहना र भावनाअनुरुप कार्य सम्पादन गर्दै संघीय संरचनाको प्रारम्भिक चरणमा कार्य सम्पादनका लागि अत्यावश्यक पर्ने कानुनी संरचनाको अपर्याप्तता, सांगठनिक सक्षमता र पर्याप्ततामा कमी, वित्तीय स्रोतसाधनको कमी, संघ, प्रदेश तथा स्थानीय तह बीचको समन्वयात्मक अन्तरसम्बन्धमा स्पष्टताको अभावलगायतका समस्या एवम् चुनौतीका बाबजुद पनि प्रदेश सरकार समग्र प्रदेशको समृद्धि र विकासका लागि क्रियाशील रहेको मुख्यमन्त्री राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here