एमालेलाई एकताबद्ध बनाएर नेतृत्वदायी पार्टीको रुपमा देशको विकास गर्नुपर्छ : अध्यक्ष ओली
११ मंसिर, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताएका छन्। चितवनमा जारी बन्दसत्रमा सम्बोधन गर्दै उनले एमालेलाई एकताबद्ध बनाएर देशको नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने पार्टीको रुपमा विकास गर्नुपर्ने बताए।
‘विशेष परिस्थतिबाट अगाडि बढिरहेका छौं। हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको अवस्था छ। हाम्रो कमीकमजोरीका कारणले होइन, विरोधीहरुको जालझेल षड्यन्त्रले हाम्रो भूमिका परिवर्तित भएको छ,’ उनले भने।
उनले एमाले कमजोर भयो भन्नेहरूलाई शुक्रबार भएको उद्घाटन समारोहमा देखिएको जनसागरले जवाफ दिएको बताए। ‘एमाले कमजोर भयो भन्नेहरूलाई हिजो जवाफ दियौं,’ उनले भने, ‘‘राजनीतिलाई बेथितिमा रहन दिइराख्यौं भने हामी सुरू गरेको विकास अवरूद्ध हुन्छ।’
उनले हाम्रा अगाडि अझ गम्भिर चुनौति खडा भएको बताए। ‘लोकतान्त्रिक प्राप्तिको संघर्षमा तानाशाहीले गर्ने दमन एउटा हुन्छ।
लोकतान्त्रिक अभ्यासलाई कुल्चिएर अलोकतान्त्रिक कदम चालिएका छन्,’ उनले भने।
शक्ती पृथकिरणको सिद्धान्त, स्वतन्त्र न्यायालयको दुरुपयोग हुन थाले भने ती निष्प्रभाबी हुने बताए।
प्रतिक्रिया दिनुहोस्