‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख ५२१, डिम्याट खोल्नेको संख्या ४६ लाख ८६ हजार ६७२
१० मंसिर, काठमाडौं । ‘मेरो सेयर’ लिनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो समय सेयर बजारमा आकर्षण बढ्दै जाँदा सीडीएससीको ‘मेरो सेयर’ लिनेको संख्या पनि बढ्दै गएको हो ।
सीडीएससीको तथ्यांकअनुसार आजसम्म ‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख ५२१ पुगेको छ।
डिम्याट खाता खोल्नेको संख्या पनि बढेर ४६ लाख ८६ हजार ६७२ पुगेको छ। डीपीको सुविधा दिनेमा ब्रोकर र बैंकहरु ८२ वटा पुगेका छन्। त्यसैगरी सि–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ।
हालसम्म सेयर बजारमा २१२ कम्पनीको सेयर कारोबारका लागि दर्ता भएका छन्। नेप्सेमा अहिलेसम्म ७८ अर्ब ३८ करोड ८१ लाख २९७ कित्ता सेयर डिम्याट खातामा जम्मा भएको छ। सामूहिक लगानी कोषको संख्या ३३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्