प्रेमीले आफ्नी प्रेमिकासहित तीन जनाको हत्या

९ मंसिर, लखनउ । भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले आफ्नी प्रेमिकासहित तीन जनाको हत्या गरेको खबर बाहिर आएको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि उनले प्रेमिकासहित तीन जनाको हत्या गरेका हुन्।

frontline

ती प्रेमीले धारिलो हतियार प्रहार गरी प्रेमिकासहित उनकी आमा र बुवाको हत्या गरेका हुन्। धारिलो हतियारबाट मृतक प्रेमिकाकी बहिनी पनि घाइते भएकी छिन्। 

प्रहरीका अनुसार हत्या गरेर उनी फरार भएका छन्। उनले आफ्ना साथीहरूसँग मिलेर हत्याकाण्ड मच्चाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

फरार भएसँगै प्रहरीले उनीबारे सूचना दिने व्यक्तिलाई ५० हजारको पुरस्कार घोषणा समेत गरेको खबर आजतकमा छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here