इलाम कांग्रेसमा सभापतिका प्रत्यासी भेषराज आचार्य र डम्बर खड्काले पाए सर्वाधिक मत

८ मंसिर, इलाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलाममा महाधिवेशन प्रतिनिधिहरुको मत गणना सकिएसँगै जिल्ला अधिवेशनको चहलपहल शुरु भएको छ  ।

प्राप्त मत परिणाम अनुसार जिल्ला सभापतिका प्रत्यासी भेषराज आचार्य र डम्बर खड्काले खुल्ला महाधिवेशन प्रतिनिधितर्फ सर्वाधिक मत पाएका छन् ।

frontline

जिल्ला सभापतिको दौडमा रहेका खड्काले इलाम क्षेत्र नम्बर १ बाट सर्वाधिक ४४९ मत पाएर विजयी भएका छन् । उक्त क्षेत्रमा ७३४ मत मध्ये ७११ मत खसेको थियो । 

त्यस्तै जिल्ला सभापतिका अर्का प्रत्यासी भेषराज आचार्यले सर्वाधिक ६६५ मत पाएर विजयी भएका छन् । उनी क्षेत्र नम्बर २ बाट विजयी बनेका हुन् ।

महाधिवेशन प्रतिनिधिका रुपमा क्षेत्र नम्बर १बाट खुल्लातर्फ तोयानाथ भट्टराई ३६९, बेनुपराज प्रसाईं ३६०, उद्धव पौडेल २९९, हिमाल मास्के २९७, प्रेमलाल राई २५८, देबेन्द्र कुमार राई २४९, भुपेन्द्र कट्टेल, श्यामप्रसाद खड्गी २४२, हरिप्रसाद लुइँटेल २४२ विजयी भएका छन् ।

त्यस्तै खुल्ला महिलातर्फ हरिकला श्रेष्ठ ३७८, खगेश्वरी पौडेल(बन्दना)३०३, उत्तमलता श्रेष्ठ, २६८, कोमला(कमला) कट्टेल२४७ मत सहित विजयी भएका छन् ।

त्यस्तै खस आर्य खुल्लातर्फ संजीव ढकाल २४७, दुर्गा सुवेदी १९२ र खस आर्य महिलातर्फ देउ कुमारी कट्टेल २१२, आदीवासी जनजाती खुल्लातर्फ, ध्रुव राई २९७, जंग बहादुर गुरुङ २७८, सन्तोष गुरुङ २६४, धनकुमार आले, २०३ मतका साथ विजयी भएका छन् ।

यता आदीबासी जनजाती महिलातर्फ चन्द्रकला राई ३६७, मेनुका प्रधान ३०९, प्रविना राई २६६ साथै दलिततर्फ जीवन नेपाली ३०३ विजयी भए भने अल्पसंख्यक तर्फ पूर्वसांसद टीकाराम लाप्चा ३०८ मत ल्याएर विजयी भए ।

त्यस्तै इलाम क्षेत्र २ बाट जिल्ला सभापतिका प्रत्यासी आचार्यले सर्वाधिक ६६५ मत प्राप्त गरे । त्यस्तै महाधिवेशन प्रतिनिधि खुल्लातर्फ तारा थापा ६३० होम दुलाल ६०५, पूर्ण प्रसाद गौतम ५८२, पूर्वसांसद केशव थापा ५७१, केदार थापा ५५५, गोविन्द गिरी ५३९, हरिप्रसाद खनाल ५४०, नगेन्द्र कुमाल ५३८, हिमालय कर्मचार्य ५०३ मत प्राप्त गरी विजयी भएका छन् ।

खुल्ला महिलातर्फ भने प्रेमिका राना मगर ६३९, बिष्णु कुमारी लिम्बु दाहाल ६१३, चन्दा कार्की ४५९, शान्तिकला तामाङ राई ४५१ मत प्राप्त गरेर प्रतिनिधिमा चयन भए । खस आर्यतर्फ राज कुमार कार्की ३६०, लक्ष्मण चम्लागाइ ३५३ र खस आर्य महिलातर्फ बिमला भन्डारी ४६३ विजयी भए ।

आदिबासी जनजातीतर्फ खगेन्द्र देवान ८०८, इश्वर चिपालु ५९३, वसन्त थाम्सुहाङ ५८१ विजयी भए । आदिबासी जनजाती महिलातर्फ चन्द्रमाया लिम्बू ६८३, बबिता लिङ्देन ५१४, जुनु माखिम ४५५ साथै दलिततर्फ धनमाया बराइली र अल्पसङ्ख्यकतर्फ देबेन्द्र मुखिया ४९३ निर्वाचित भए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here