का. जि. सभापति बानियाँ कांग्रेस प्रतिनिधिमा विजयी

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी हासिल गरेका छन् ।

सोमबार भएको निर्वाचनमा बानियाँले काठमाडौं क्षेत्र नं ६ बाट २२८ मतसहित विजयी हासिल गरेका हुन् । बानियाँले खुला तर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । खुला तर्फबाट १० जना छनोट हुनुपर्नेमा बानियाँँ पहिलो मतका साथ विजयी भएका हुन् ।

frontline

आफ्नो ४ वर्षे कार्यकाल सफल रुपमा समापन गरी पुनः काठमाडौं कांग्रेसको नेतृत्व गर्न तयारी गरिरहेका छन् । संस्थापन इतरबाट आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिन लागेका बानियाँँ काठमाडौंमा आफ्नो प्रभाव राख्न सफल नेता मानिन्छन् ।

तर धेरै जिल्लाहरुमा जिल्ला सभापतिको उम्मेदवारहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यता स्याङ्जामा भने संघीय सांसद मोहन पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार देशका १४९ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । देशभरबाट क्षेत्रीय अधिवेशनको मत परिणाम आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here