एनआरएनए विश्व सम्मेलन आयोजनाको जिम्मा संरक्षक परिषद्‌लाई दिने निर्णयको स्वागत

८ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन आयोजनाको जिम्मा संरक्षक परिषद्‌लाई दिने निर्णयको स्वागत गरिएको छ। 

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुको पहिलो विश्व भेला तयारी समितिका संयोजकसहित सदस्यहरुले एक विज्ञप्ति जारी गर्दै एनआएरएनएको विश्व सम्मेलन र निर्वाचन बोलाउने अधिकार संरक्षक परिषदलाई दिने परराष्ट्र मन्त्रालयको निर्णयको स्वागत गरेका हुन्। 

frontline

राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेलाको माग बमोजिम परराष्ट्रले निर्णय गरेको भन्दै विज्ञप्तिमार्फत् आभार समेत व्यक्त गरिएको छ। 

एनआरएनएको १८ वर्षे इतिहासमा पहिलोपटक कार्यसमिति भंग गर्नेगरी परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेको छ। वैधानिक संकटको स्थिति उत्पन्न भएकै कारण परराष्ट्र मन्त्रालयले हस्तक्षेप गर्नु परेको एक पक्षको निष्कर्ष छ। 

राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले गत २४ अक्टोबर २०२१ मा पहिलो विश्व भेला गरेका थिए। उक्त भेलामा सत्तारुढ दल निकटका सहभागी भएको आरोप समेत लागेको छ।

उक्त भेलाको मागअनुसार ६५ प्रतिशत डेलिगेट्स चयन गर्ने जिम्मा २०२१–२३ का लागि निर्वाचित कार्यसमितिलाई दिने निर्णयको स्वागत गरिएको छ। 

परराष्ट्र मन्त्रालयको निर्णयको स्वागत गर्नेमा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर, एनसीसी अस्ट्रियाकी अध्यक्ष भवानी तिवारी, एनसीसी अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनसीसी क्यानाडाका अध्यक्ष दीपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रे छन्। 

साथै, परराष्ट्रको निर्णयलाई एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगर, एनसीसी दक्षिण अफ्रिकाका अध्यक्ष पुष्पराज भट्टराईले स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here