काठमाडौंमा १० निर्वाचन क्षेत्रको परिणाम,आठ क्षेत्रमा प्रकाशमान र गगन विजयी

८ मंसिर, काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको परिणाम आएको छ । जिल्ला सभापति सबुज बाँनियाका अनुसार सबै क्षेत्रमा क्षेत्रीय अधिवेशन भइसकेको छ । क्षेत्रीय अधिवेशनमा पनि नेता प्रकाशमान सिंह र गगन थापा गठबन्धन हाबी भएको छ । सिंह–थापा गठबन्धनले ८ निर्वाचन क्षेत्रमा सभापति जितेको छ ।

बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरू पनि आफूहरूको समूहकै भएको सिंहनिकट एक नेताले बताए ।

frontline

काठमाडौं क्षेत्र नम्बर २ मा सभापति शेरबहादुर देउवानिकट कविर शर्मा निर्वाचित भएका छन् भने क्षेत्र नम्बर ६ मा नेता कृष्णप्रसाद सिटौला पक्षका श्याम खड्गी दोस्रोपटक निर्वाचित भएका छन् । यसबाहेक आठवटै क्षेत्रमा सिंह–थापा गठबन्धन विजयी भएको ती नेताले बताए ।

काठमाडौं क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा सिंह–थापा गठबन्धनका उम्मेदवार रविन्द्रविक्रम राणा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, थापाको आफ्नै क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । क्षेत्रीय सभापतिमा श्यामकृष्ण संगत सर्वसम्मत निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे क्षेत्रीय सभापति बनेका छन् । उनी गोकणेश्वर नगरपालिकाका मेयर हुन् । क्षेत्र नम्बर ५ मा श्याम खड्का, क्षेत्र नम्बर ७ मा मुकुन्द रिजाल, क्षेत्र नम्बर ८ मा राजेशकुमार श्रेष्ठ, क्षेत्र नम्बर ९ मा जयकृष्ण महर्जन र १० मा पुकार श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here