गुडिरहेको गाडीबाट लडेर एकजनाको मृत्यु

८ मंसिर, जनकपुरधाम ।  गुडिरहेको गाडीबाट लडेर धनुषामा बुधबार एकजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको धारापानीमा गुडिरहेको विङ्गगरबाट लडेर एक १८ वर्षीया छात्राको मृत्यु भएको हो ।

धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका ७ भगवानपुरी पूजा कुमारी महतो बुधबार बिहान मृत्यु भएको हो ।

frontline

बुधबार बिहान ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी कलेजबाट कुनै कामको लागि ढल्केबरतर्फ आउन लागेको बेला दुर्घटनामा परि मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here