प्रधानमन्त्रीलाई विशेषाधिकार दिइनुपर्छ : बिजुक्छे

कामै गर्न नसक्ने स्थितिमा देशलाई बसाइराख्नु हुँदैन। उपाय पनि छैन अरू। संविधान बनाउने बेलैमा हामीले प्रधानमन्त्रीलाई विशेषाधिकार दिइनुपर्छ भनेका थियौं। उहाँहरू (तत्कालीन ठूला दल) ले कुन समझदारीमा उल्टो पार्नुभयो, थाहा भएन। संसारका कुनै पनि देशमा राष्ट्रपति र प्रधानमन्त्रीलाई विशेषाधिकार नदिइएको हुँदैन। नत्र सरकारले कामै गर्न सक्दैन। हामीकहाँ ६–७ महिना त झगडैमा बित्यो। कुनै निर्णय हुन पाएन। उहाँहरूका मनमा फेरि–फेरि प्रधानमन्त्री बन्ने भन्ने थियो होला। त्यसो हुँदा हरेक एकडेढ वर्षमा प्रधानमन्त्री फेरिने भए। पार्टीका सबै प्रधानमन्त्री हुने भए। त्यसैले प्रधानमन्त्री केपी ओलीको विघटनसम्बन्धी निर्णयको औचित्य छ भनेको हो मैले।हामीले अखबार हेर्दा झगडा भएको छ, झगडा भएको छ भन्छ। कुरा मिल्छ, फेरि सामसुम हुन्छ। ठेक्कापट्टाका कुरामा आएर फेरि झगडा हुन्छ। त्यसमा पनि ल त भन्यो, कुरा मिल्छ। यी सबै कुरा हेर्दा यिनीहरूका झगडा पैसाको पछाडि हो। सैद्धान्तिक होइन। राजनीतिक होइन………….

https://frontlinecheck.com/public/user/bhaktapur

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here