रसुवामा जीप दुर्घटना, एककाे मृत्‍यु, ६ जना घाइते

८ मंसिर, रसुवा । रसुवाको गोसाईँकुण्ड गाउँपालिका ६ ठाडेमा जीपले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा ज्यान गुमाउनेमा ठाडेकी चार वर्षीया बालिका नेबी घले रहेकी छिन् । 

यस्तै घाइते हुनेमा ३० वर्षीय ऊर्जा घले, आठ वर्षीया करन, ५० वर्षीय मारग्याल्बो घले घाइते भएका छन् । घाइते एक जनाकाे नाम भने खुलेको छैन । यस्तै दुर्घटनामा जीप चालक दोर्जे तामाङ र अर्का एक जना पनि घाइते भएका छन् । 

frontline

घाइतेहरूलाई उपचारका लागि त्रिशूली र धुन्चे पठाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले बताउनुभयो । 

सडकमा हिँडिरहेका पैदलयात्री जोगाउन खोज्दा १ ज ६१७६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here