बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु

७ मंसिर, बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ ।

सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका ७३ वर्षीय बस्यालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

frontline

लडेर बेहोस भएका बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले मृत घोषणा गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उनी लामो समयदेखि उच्च रक्तचाप,मधुमेह लगायतका रोगका विरामी थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here