विद्रोहको झण्डा उठाउन हामी तयार छौं : प्रचण्ड

६ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाउन माओवादी तयार रहेको जनतामा सन्देश पुर्‍याउनुपर्ने बताएका छन्। चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको वाहक माओवादी भएको बताएका हुन्। 

उनले भने,‘अहिले पनि प्रतिक्रान्तिको सपना देख्छन् भने हामी फेरि विद्रोहको झण्डा उठाउन तयार छौं भनेर जनतामाझ भन्नुपर्‍यो।’ प्रचण्डले प्रधानमन्त्री, राष्ट्रपति जोसुके भएपनि राजनीति माओवादी केन्द्रको वरिपरि नै रहेको जनतामा सन्देश फैलाउन कार्यकर्तालाई निर्देशन दिए।

frontline

प्रचण्डले आफ्नै आत्मसमीक्षाबाट सुरु गर्‍यो भने पार्टीलाई फेरि जाति विशेष, विचार विशेष पार्टी बनाउन सकिने दाबी गरे। उनले भने, ‘हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु हामीले भन्न सक्नुपर्छ।’

उनले प्रतिगमनकारीलाई परास्त गरेपछि फेरि जनतामा आशा र भरोसा पैदा हुन थालेको बताए। उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने पक्षमा आफू रहेको बताए।

उनले भने,‘ तीनै तहको एकैचोटी गर्ने प्रस्ताव मैले गरेको छु। नभए संघको पहिले, वा संघ र प्रदेश सँगसँगै र स्थानीय तह त्यसपछि गर्ने भन्ने प्रस्ताव पनि गरेको छु। निर्वाचन आयोगसँगको सल्लाहपछि केहि दिनमा नै टुंगो लाग्छ।’

उनले अहिले खर्चिलो निर्वाचन प्रणाली भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको बताए। उनले यो विषय उठाएर जनता आन्दोलनमा उत्रिए सफल हुने सफल दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here