सशस्त्र द्वन्द्वका बेला कमी–कमजोरी छानबिन गर्न तयार छौँ : प्रचण्ड

५ मंसिर, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूद्वारा चलाइएको १० वर्षे सशस्त्र द्वन्द्वका बेला कमी–कमजोरी छानबिन गर्न तयार रहेको बताएका छन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसरमा एक विज्ञप्ती जारी गर्दै उनले सो क्रममा भएका कमजोरीबारे सत्य–तथ्य सार्वजनिक गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

frontline

उनले भनेका छन्, ‘आजसम्मका राजनैतिक उपल ब्धिहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमी–कमजोरीबारे छानबिन गरेर सत्य–तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ ।’ उनले उक्त युद्धबाट प्राप्त उपलब्धिबारे गर्व गर्दै कमजोरी स्वीकार्न तयार रहेको बताएका हुन् ।

साथै द्वन्द्वका क्रममा पीडितहरुलाई न्याय दिन र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न पनि आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ छ । शहीद तथा बेपत्ताका परिवार, घाइते तथा विस्थापित लगायत पीडितहरुसँग परामर्श गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संसदको आगामी अधिवेशनबाट संशोधन गरी टुंगो लगाउने पनि अध्यक्ष प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here