ए डिभिजन लिगमा आज दुई खेल हुँदै

५ मंसिर काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फाले पहिलोपल्ट सप्ताहन्तमा लिगका खेलहरु आयोजना गरिरहेको छ । जसअनुसार शुक्रबारदेखि सोमबारसम्म लिग आयोजना हुन्छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेल ब्रिगेड व्वाइज र विभागीय टोली एपीएफबीच हुनेछ । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

frontline

आधुनिक नेपाली फुटबलको सबैभन्दा सफल क्लब मनाङ मस्र्याङदीले जावलाखेलसँग खेल्दै नयाँ सिजनको लिगमा औपचारिक सुरुआत गर्नेछ । 

कीर्तिमानी आठपल्टको लिग च्याम्पियन मनाङ राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टको कप्तानीमा हुनेछ । मनाङमा राजेन्द्र तामाङले प्रशिक्षण दिएका छन् । जावलाखेल कुलदीप कार्कीको कप्तानी तथा किशोर केसीको प्रशिक्षणमा तयार छ । 

यसअघि शनिबार भएको खेलमा संकटा र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए भने थ्रीस्टारले पाटन डर्बीमा च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here