टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्ने १६ टोलीको टुङ्गो
५ मंसिर, काठमाडौं । अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ वटै टोलीको टुङ्गो लागेको छ ।
रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेको हो । यसअघि नै १६ टोलीको टुङ्गो लागिसकेको छ ।
जसमा एक साताअघि युएईमा सम्पन्न टी-२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान र पपुवा न्युगिनीसहित टी-२० को माथिल्लो वरीयतामा रहेको तर विश्वकपमा छनोट नभएका नेपाल, युएई, सिंगापुर र जिम्बाब्बे सिधै ग्लोबल क्वालिफायरमा पुगेका छन् ।
यस्तै एसिया क्षेत्र छनोटबाट बहरानइन र हङकङ, इस्ट एसिया प्यासिकबाट फिलिपिन्स, युरोपबाट जर्सी र जर्मनी तथा अमेरिका क्षेत्रबाट अमेरिका र क्यानडा छनोट चरण पार गर्दै ग्लोबल क्वालिफायरमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्