एमाले महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै

५ मंसिर, काठमाडौं । आगामी एक सातामा सुरु हुने प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

महाधिवेशनमा लाखौं मान्छे उतार्ने तर सर्वसम्मत नेतृत्वमा केन्द्रीत एमाले महाधिवेशनको स्थल निर्माण र व्यवस्थापनको तीव्र तयारीमा जुटिसकेको छ । यो महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र सीमित नभएर राष्ट्रिय चुनावको पूर्वाभ्यास रहेको बुझ्न सकिन्छ ।

frontline

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको मनोविज्ञान भनेकै सर्वसम्मत नयाँ नेतृत्व चयन गर्नु हो । नेतृत्वले एकताको सन्देश दिन जिल्ला, प्रदेश र निर्वाचन क्षेत्रसम्मै सर्वसम्मत विधि अपनाउन दिएको निर्देशनअनुरूप अधिकांश स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् ।

१९ सय ९९ प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रतिनिधिका लागि आवश्यक दस्तावेजसहितका सामग्री एमालेले तयारी अवस्थामा राखेको छ । यसअघि ९ औं राष्ट्रिय महाधिवेशनले नीति र नेतृत्व एकैपटक दिए पनि यस पटकको महाधिवेशनले संसोधित विधानअनुसार नयाँ नेतृत्व चयन गर्दैछ ।

एमालेले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ सदस्यीय पदाधिकारी सहित २ सय २५ सदस्यीय केन्द्रीय समिति चयन गर्दैछ । विधानले केन्द्रीय कमिटीको निर्वाचनमा कम्तीमा एक तिहाई महिला, निर्वाचित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी निर्माण गर्नेछ ।

यस्तै अध्यक्षको नेतृत्वमा पदाधिकारी सदस्य रहेको केन्द्रीय सचिवालय, महासचिवको नेतृत्वमा उपमहासचिव र सचिव सदस्य रहेको केन्द्रीय कार्यालय र केन्द्रीय विभाग गठन गर्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । टुटफुट र सत्ताबाट च्यूत हुनुपरेको एमाले, महाधिवेशनबाट अब्बल नेतृत्वको खोजीमा छ ।

नयाँ नेतृत्वमा पदाधिकारीका लागि आकांक्षीहरू धेरै भए पनि हालसम्म खुल्न सकेको अवस्था अझै बन्न सकेको छैन । एमाले अहिले पार्टी अध्यक्ष, दशबुँदे सहमति गरेका नेताहरू र पूर्व माओवादी गरी तीन समूह अस्तित्वमा छ । कुनै समूह शक्ति सन्तुलन मिलाउने र जोडघटाउ तथा कोही सम्मानजनक पद नभए प्रतिस्पर्धा गर्न तयार छन् ।

सर्वसम्मत नभए प्रतिस्पर्धाका लागि पनि पार्टी तयारी अवस्थामा रहेको केन्द्रीय सदस्यसमेत रहेका कार्यालय सचिव तामाङ बताउनुहुन्छ । सकेसम्म सहमति र नभए निर्वाचनमार्फत् नेतृत्व चयन हुने उहाँको भनाइ छ ।

सर्वसम्मत नेतृत्वको विकल्प निर्वाचनलाई तयारीमा राखेको एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई भने आफ्नै समूहका आकांक्षीको व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा एमालेले उतार्ने भनेको जनसमूह पार्टीको आत्मबल निर्माणका लागि हुन्छ कि शक्ति प्रदर्शन, त्यो भने निर्क्याेल हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here