मन्त्रीलाई गलत काम नगर्न अध्यक्ष नेपालको निर्देशन

४ मंसिर, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालले मध्यपुर थिमीको बोडेमा गरेको दुई दिने राष्ट्रिय भेलामा अध्यक्ष नेपालले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत कार्य गरे कारबाही गर्ने जानकारी गराएको बताउनुभएको हो ।

frontline

उहाँले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी नागरिकको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्युनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here