अमेरिकी विदेशमन्त्री लु राजनीतिक भेटघाटमा व्यस्त, एमसीसी मुद्दा प्राथमिकतामा

४ मंसिर काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार राजनीतिक भेटघाटमा व्यस्त छन्। भेटघाटमा उनले एमसीसीको मुद्दालाई प्राथमिकता साथ उठाएका छन्।

लुले पहिलो राजनीतिक भेटघाटका क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। भेटमा लुले एमसीसीबारे पार्टीको धारणाबारे जिज्ञासा राखेको स्रोतले बतायो।

frontline

जवाफमा ओलीले एमसीसीबारे सरकारले कुनै पनि परामर्श नगरेको बताएका थिए। उनले यसअघि फतिमा सुमार्गी आउँदा पनि यही जवाफ दिएका थिए।

त्यस्तै नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तामा पनि लुले एमसीसी मुद्दाबाटै कुरा सुरु गरेको स्रोतले बतायो। लुले एमसीसी नेपालको हितका लागि भएको प्रस्ट्याउँदै छिट्टै पास गर्न आग्रह गरेका थिए।

जवाफमा प्रचण्डले एमसीसी पास गर्ने बेला संसदमा मत विभाजन हुनसक्ने बताएका थिए। उनले एमसीसीलाई लिएर दलहरु एकमत हुन नसकेको भन्दै मत विभाजनको स्थिति आउनसक्ने लुलाई जानकारी दिएको स्रोतले बतायो।

लुले आजै गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए। सबै भेटघाटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरुबारे छलफल भएको थियो।

त्यस्तै अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको बताइएको छ।

यसअघि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग लुले भेटवार्ता गरेका थिए। उक्त भेटमा पनि एमसीसीबारे गहन छलफल भएको बालुवाटारस्रोतले जानकारी दिएको थियो।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here