अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच सिंहदरबारमा भेटवार्ता

३ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच सिंहदरबारमा भेटवार्ता भएको छ। शुक्रबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा लुको प्रतिनिधिमण्डलसँग भेटघाट भएको हो।

भेटवार्तामा एमाले संसदीय दलका उपनेता सुवास नेवाङ, विष्णु रिमाललगायतका नेताहरु सहभागी थिए। नेपालको तीन दिने भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुलेले ओलीसँग एमसीसी ढिलाइबारे जिज्ञासा राखेको स्रोतले बताएको छ।

frontline

यसअघि बिहीबार प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीले भेटवार्ता गरेका थिए। भेटका क्रममा लुले एमसीसी पास ढिलाइबारे जिज्ञासा राखेका थिए। जवाफमा देउवाले सहमतिअनुसार एमसीसी पास गरिने जानकारी गराएका थिए।

बुधबार काठमाडौं आइपुगेका लुले केही परियोजनाहरुको अवलोकन गर्नुको साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी राजदूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here