प्रदेश दश महिनाअघिकै अवस्थामा रहेछ : मन्त्री आङ्बो

२ मंसिर, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले प्रदेश दश महिनाअघिकै अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

आङ्बोलाई तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७७ पुस ११ गते पदमुक्त गरेका थिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू सरकारबाट बाहिरिएयता प्रदेशको अवस्था जहाँको त्यहीँ रहेको बताएका हुन् ।

frontline

हिजो जुन अवस्था थियो, त्यो भन्दा एक पाइला पनि अघि बढेको छैन,’ उनले भने,‘जुन अवस्थामा हामीले छोडेर निस्कियौं, आजको दिनसम्म आउँदा कुनै गति लिएको छैन, बरु भौतिक पूर्वाधारका क्षेत्रमा धेरै ठूलो क्षति भएपछि लागत बढ्ने भएको छ ।’

वर्षा र बाढीका कारण क्षति बढेको उनले बताए । पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र सरकारको काम गतिशील नहुँदा प्रदेशको अवस्था जहाँको त्यहीँ रहेको उनको भनाइ छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यसअघिको सरकारले ल्याएको बजेट पुनरावलोकन गर्ने बताए । अघिल्ला सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताउँदै उनले पुनरावलोकन गर्दा गठबन्धनमा कार्यक्रमलाई समावेश गर्ने बताए ।

‘सरकारले गरेका राम्रा कामहरु र हिजोदेखि सरकारले दायित्व सिर्जना गरेर अगाडि बढाएका कामहरुलाई हामी निरन्तरता दिन्छौं,’ उनले भने, ‘…राजनीतिक पूर्वाग्रहका आधारमा अहिलेसम्म भएका लगानीलाई बालुवामा पानी हालेजस्तो बनाउने पक्षमा हामी छैनौं ।’

अनुत्पादक क्षेत्र र व्यक्तिगत स्वार्थ केन्द्रित रहेर आएका कार्यक्रम खारेज गरिने बताए । ‘समग्रमा यो बजेटको पुनरावलोकन हुन्छ’ उनले भने, ‘सरकारले आफ्ना प्राथमकिता समेटेर नयाँ कार्यक्रमलाई अगाडि बढाउने सोच बनाएको छ ।’ मंसिर महिनाभित्र बजेटको पुनरावलोकन गर्दै पुसबाट कार्यान्वयनमा जाने तयारी रहेको उनले बताए ।

मन्त्री आङ्बोले यसअघिको सरकारबाट नियुक्ति पाएकाहरुलाई राजीनामा दिन आग्रह गरेका छन् । राजीनामा नदिए बर्खास्त गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here