‘अहिले एमसिसीको बारेमा प्रतिपक्षले बोल्ने बेला भएको छैन,’ : सुवासचन्द्र नेम्वाङ

फाइल तस्बिर

२ मङ्सिर, काठमाडौं ।  नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले एमसिसीको बारेमा सत्तागठबन्धनको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् । सरकारले एमसिसीको बारेमा प्रष्ट नबोलेकाले प्रतिपक्षले आफ्नो धारणा सार्वजनिक नगरेको उनले बताए । 

नेता नेम्वाङले एमसिसीको प्रस्ताव ल्याउन गठबन्धनको सरकारलाई चुनौती दिए । ‘अहिले एमसिसीको बारेमा प्रतिपक्षले बोल्ने बेला भएको छैन,’ विराटगरमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्ता विषय पहिला गठबन्धनभित्र छलफल भएर नागरिकमा सन्देश जानुपर्छ । अनि मात्र प्रमुख प्रतिपक्षले निर्णय लिने हो ।’

frontline

उनले ठूलो लगानी गर्नेको स्रोत नखोज्ने निर्णयले आतंकको पैसा नेपाल भित्र्याउने काममा सरकार लागेको पनि आरोप लगाए । लगानी भित्र्याउने नाममा स्रोत नखोज्ने भन्ने सरकारको निर्णयले कालो धन माैलाउने र आतंकको पैसा नेपाल भित्रने उनको दाबी छ । 

नेता नेम्वाङले सरकारको श्रोत नखोज्ने निर्णयले देशलाई अन्तर्राष्ट्रिय रूपमा ब्ल्याक लिस्टमा पर्ने खतरा रहेको बताए । उनले अदालतभित्रको गतिविधिले नागरिकले न्याय पाउने अधिकार कुण्ठित भएको पनि बताए ।  

अदालतभित्र न्यायाधीशको आन्दोलन हुनु गलत र दुःखद रहेको बताउँदै नेम्वाङले यो विषय अदालतको विषय भएकाले अदालतभित्रको कुरामा एमालेले मुख खोल्न नसकेको पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here