प्रहरीको लाठी प्रहारबाट घाइते अध्यक्ष श्रेष्ठलाई उपचारका लागि अस्पताल लगियो

श्रोत : ईन्टरनेट

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएको छ । उनलाई थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको बताइएको छ ।

यसअघि, प्रहरीको लाठी प्रहारबाट गम्भीर चोट लागेका बारका केन्द्रीय सदस्य प्रकाश मर्हजनलाई पनि उपचारका लागि सोही अस्पताल लगिएको थियो ।

frontline

प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जनसहित केही वकिलहरू घाइते भएका छन् । त्यसमध्ये श्रेष्ठ र महर्जनलाई गम्भीर चोट लागेको जनाइएको छ ।

वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत घाइते भएका छन् । घिमिरे सर्वोच्च बारका सचिव हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here