सरकार नेपाली पासपाेर्टकाे सम्मान बढाउन लागिपर्छ : मन्त्री खड्का

१ मंसिर, काठमाण्डाै । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानी (पासपाेर्ट) को सम्मान बढाउन लागिपर्ने बताउनुभएको छ । 

आज बुधवार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताउनुभएको हो । देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उहाँले बताउनुभयो ।

frontline

नेपाल र अन्य धनीमानी भनिने देशहरूलाई एउटै बाकसमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अब हामी सरकारमा बसेकाहरू, हामी देश विकास गर्छाैँ भन्नेहरूले अब यसको सम्मान बढाउने छौँ । यो नेपालीले बोक्दा या अर्को अलिकति धनीमानी देशका नागरिकले बोक्दा जुन खालको भेदभाव हामीलाई महसुस हुन्छ, अब हाम्रो काम समुन्नत नेपाल बनाएर, विकास गरेर, हाम्रो स्वाभिमानलाई, हाम्रो सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने हुनेछ ।

यो पासपोर्टको टेक्निकल स्यान्डर्ड त होला, टेक्निकल इम्पोर्टेन्स हामीले बढायौँ होला तर यसको रेस्पेक्टाविलिटी अन्तर्राष्ट्रिय जगतमा अन्य धनीमानी भनिएका देशहरूलाई एउटै बाकसमा राखेर व्यवहार गर्ने खालको बनाउन यो पासपोर्टलाई थप्नु छ । त्यो सम्मान थप्ने काममा हामी जुट्नु छ ।’

मन्त्री खड्काले देशलाई आर्थिक रूपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताउनुभयो । उहाँले आउँदा दिनमा नेपाली नागरिकहरूले सुरक्षित राहदानी लिएर बाहिर जान सक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सरकारले आजदेखि देशभर ई–पासपाेर्ट परीक्षणका रूपमा वितरण सुरु गरेकाे छ । राहदानी विभागमा आज बुधवार आयाेजना गरिएकाे ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ मा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले संस्कृतिविद् सत्यमाेहन जाेशीलाई नेपालकाे पहिलाे ई–पासपाेर्ट प्रदान गरेर वितरण सुरु गरिएकाे हाे ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here