सप्तरीमा गुड्दै गरेको ट्र्याक्टर सैलुनमा पसेपछि ५ जना घाइते

३० कार्तिक, सप्तरी । सप्तरीमा गुड्दै गरेको ट्र्याक्टर सोमबार दिउँसो सैलुनमा पसेपछि ५ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्क नगरपालिका कल्याणपुरस्थित सडकको छेउमा रहेको सैलुनमा नम्बर देखिन नसकेको ट्र्याक्टर पसेको हो।

frontline

सैलुनमा पसेको ट्र्याक्टरले ठक्कर दिदा सैलुनमा बसिरहेका ४ जना र ट्र्याक्टर चालक समेत घाइते भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक खडक नगरपालिका ६ बस्ने ३५ बर्षका अर्जुन चौधरी, सैलुन संचालक रबिन्द्र ठाकुरसहितका घाइते भएका छन् ।

घाइतेमध्ये एक महिलासहित दुई जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

घाइते भएका अन्यको कल्याणपुरमै उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here