अस्पताल,नर्सिङ होमको भ्रष्टाचार उजागर गर्दै आएका पत्रकार बुद्धिनाथ झाको हत्या
२९ कार्तिक, भारत । भारत बिहारको बेनीपट्टी जिल्लाका अस्पताल र नर्सिङ होमको भ्रष्टाचार उजागर गर्दै आएका स्थानीय एक पत्रकार बुद्धिनाथ झाको हत्या भएको छ ।
परिवारका सदस्यहरुले अस्पताल सञ्चालकले नै उनको हत्या गराएको दाबी गरेका छन् ।
मधुबनी जिल्लाको बेनीपट्टी इलाका प्रहरीका इञ्चार्ज अरविन्द कुमारले २२ वर्षीय झाको हत्या भएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार झाको शव आधा जलेको अवस्थामा फेला परेको छ ।
उनका अनुसार हत्याको अनुसन्धान गर्न केही व्यक्तिलाई हिरासतमा लिइएको छ ।
पत्रकार झाले बीएनएन न्यून बेनीपट्टीमा काम गर्दथे । बेनीपट्टीमै घर भएका झा दुई वर्षदेखि पत्रकारीतामा रुपमा सक्रिय थिए ।
उनको अपहरणपछि हत्या भएको उनका दाजु त्रिलोक झाले बताएका छन् । ९ नोभेम्बरमा अपहरण भएको र १२ नोभेम्बरमा उनको शव फेला परेको उनले बीबीसी हिन्दीलाई जानकारी दिएका छन् ।
त्रिलोकका अनुसार बुद्धिनाथले सुरुमा क्लिनिक खोलेका थिए । त्यहाँ बाहिरबाट आएका डाक्टरहरुले स्थानीयको उपचार गर्दथे । तर स्थानीय नर्सिङ होम सन्चालकहरुले अति दुःख दिएपछि उनी क्लिनिक बन्द गर्न बाध्य भए ।
त्यसैबेलादेखि उनी पत्रकारितामा सक्रिय भएको र नर्सिङ होम तथा अस्पतालका गलत क्रियाकलापको मिडियामार्फत् उजागर गर्न सुरु गरेको परिवारका सदस्यहरुले बताएका छन् ।
उनले सरकारी निकायहरुमा पनि नर्सिङ होम, प्याथ ल्याब र अस्पतालका गलत क्रियाकलापका सूचनाहरु दिने गर्दथे । सोही सूचनाको आधारमा सरकारले बेनीपट्टी र धकजरीका १९ ल्याब र नर्सिङ होमलाई बन्द गराएको थियो ।
उनले ७ नोभेम्बरको दिन फेसबुकमा ‘खेल अब सुरु हुनेवाला छ…।’ लेखेर पोष्ट गरेको र त्यसको दुई दिनपछि राति करिब १० बजेतिर उनको अपहरण भएको र त्यसपछि हत्या भएको परिवारका सदस्यहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्