इजिप्टमा बिच्छीको टोकाइबाट ३ जनाको मृत्यु, ४५० घाइते

२९ कार्तिक, आश्वान : इजिप्टको दक्षिणी सहर आश्वानमा बिच्छीको टोकाइबाट ३ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बिच्छिको टोकाइबाट तीनजनाको मृत्यु र ४५० घाइते भएका हुन् । 

घाइतेहरुलाई किटनाशक खोप दिइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेहरुको गाउँनजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । 

frontline

शुक्रबार नायल नदी नजिकै आएको चर्को आँधीका कारण सो क्षेत्रमा बिच्छिको आतंक बढेको छ। चट्याङ, भारी वर्षा र हावाहुरीसहित आएको आँधीका कारण सो क्षेत्रमा बिच्छि र सर्पको आतंक बढेको बताइएको छ । 

त्यहाँका अधिकारीहरुले स्थानीयलाई घरभित्रै बस्न र धेरै रुखहरु भएको क्षेत्रमा नजान आग्रह गरेको छ । विषालु बिच्छीको बासस्थान भएको इजिप्ट बिच्छिका लागि संसारकै खतरनाक क्षेत्र मानिन्छ । 

कालो बिच्छीको टोकाइबाट मानिसको क्षणभरमै मृत्यु हुने गरेको बताइन्छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here