एनएमबी बैंककाे ब्राण्ड एम्बेसडरमा पल शाह

२९ कार्तिक, काठमाडौं । एनएमबी बैंक लिमिटेडकाे ब्राण्ड एम्बेसडरमा लाेकप्रिय अभिनेता तथा समाजसेवी पल शाह नियुक्त भएका छन् । एक प्रेस बक्तव्य जारी गदै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

शाह पछिल्लाे समय नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेका उदयामान अभिनेतामध्येका एक हुन् । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

frontline

त्यस्तै, एनएमबी बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको प्रगतिमा आफूले पनि भूमिका निर्वाह गर्ने अभिनेता शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here