ग्वार्को चोकमा स्कुटर दुर्घटना हुँदा एकको मृत्‍यु

२८ कार्तिक, काठमाडौं– काठमाडौंको ग्वार्को चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

इमाडोल सडक खण्डमा वाग्मती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर पल्टिँदा एक जनाको ज्यान गएको हो।

frontline

ज्यान गुमाउनेमा स्कुटर चालक ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

स्कुटर अनियन्त्रित भएर आफैं पल्टियो वा अन्य गाडीले ठक्कर दियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here