‘पैसाको चिन्ता नगर्नुहोस्, अस्पताल बनाउने काममा लाग्नुहोस्’

चाँगुनारायण नगरपालिकाको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको भवन निर्माण स्थलको अर्थमन्त्री विष्णु पौडेललगायतको टोलीले अवलोकन गरेको छ । मंलगबार बिहान दुवाकोटमा अर्थमन्त्री पौडेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्र, विभिन्न मन्त्रालयका सचिवहरु,सडक, विद्युत, खानेपानी संस्थान लगायतका प्रतिनिधि समेतको उपस्थित रहेको थियो । सो अवसरमा अर्थमन्त्री पौडेलले विद्युत प्राद्यिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पोल विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिएका छन् । कति समय लाग्छ तपाईँलाई काम गर्न ? भन्ने अर्थमन्त्रीको प्रश्नमा प्राद्यिकरणका कार्यकारी प्रमुख शाक्यले भने–‘हामी यो आर्थिक वर्षभित्र काम सक्छौ मन्त्री ज्यू ।’ त्यस्तै सडक विभागका प्रतिनिधिलाई समेत अर्थमन्त्री पौडेलले मनोहरा करिडोर हुँदै दुवाकोट आउने सडक र सल्लाघारी हुँदै वीर अस्पतालको भवन निर्माण स्थलसम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

https://frontlinecheck.com/public/user/chagunarayan

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here