जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

फाइल तस्बिर

२८ कार्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबारबाट सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा आफ्नो दस्तावेज पेश गर्दै नेता खनालले मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका हुन् ।

‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ । त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौं र नेपाली जनताको सपनाका रुपमा हामीले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को निर्माण गर्न सक्छौं’, नेता खनालको दस्तावेजमा उल्लेख छ ।

frontline

खनालले नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली क्रान्ति एउटा नयाँ मोडबाट अघि  बढ्दै गरेको पनि जिकिर गरेका छन् । उनले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भई हामी समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आएको बताएका छन् ।

मार्क्सवाद–लेनिनवादलाई आजको वास्तविकतामा लागू गर्दै समाजवादी क्रान्ति र रूपान्तरणका कार्यदिशा, नीति र सिद्धान्तहरूको विकास गर्दै नेपाली क्रान्तिलाई अघि बढाउनुपर्ने उनको तर्क छ ।  ९ बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका खनालले आगामी दिनमा पार्टीले गर्नुपर्ने कामहरु १९ बुँदामा समेटेका छन् ।

यस्तो छ नेता खनालको दस्तावेजको टिपोट :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here