कैलालीमा गाडीको ठक्करबाट एकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका–१० गुलरामा प्रदेश ०१–००२ झ ५२८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री अन्दाजी ५५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

उनको पहिचान खुलेको छैन । गाडीको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो, र उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

गाडी चालक काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने नवराज फुयाललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here