मस्जिदमा विस्फोट हुँदा ३ जनाको मृत्यु, १५ जना घाइते

२७ कार्तिक, जलालावादः पूर्वीअफगानिस्तानको नांगरहर प्रान्तस्थित मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको विस्फोटमा परी कम्तीमा १५ जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्फोट स्थानीय समयअनुसार दिउँसो १ बजेतिर भएको हो। मृत्यु र घाइते हुनेको संख्या अझै बढ्नसक्ने अनुमान अधिकारीहरुले गरेका छन्।

frontline

शुक्रबार दिउँसो मस्जिदमा प्राथना गरिरहेको समयमा विस्फोट भएको हो। त्यहाँ अझै धेरै घाइते र मृतक हुन सक्छन्,’ त्यहाँका स्वास्थ्यकर्मीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भनेका छन्।

गत अगष्टमा तालिवानले सत्ता कब्जामा लिएपछि त्यस क्षेत्रमा तालिवान विरोधी दइश समूहको सक्रियता बढेको बताइन्छ। तालिवानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा बम विस्फोट हुने क्रम झन् बढेको छ। विस्फोटको जिम्मा इस्लामिक स्टेट समूह दइशले लिँदै आएको छ।

यसअघि नोभेम्बर पहिलो साता काबुलको सैनिक अस्पतालमा बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here