एमाले १० औं महाधिवेशनमा कपडाको ब्यानर र कागजको पोष्टर प्रयोग नगर्ने

२६ कार्तिक, काठमाडौं : नेकपा एमालले १० औं राष्ट्रिय महाधिवेशनमा कपडाको ब्यानर र कागजको पोष्टर प्रयोग नगर्ने भएको छ । लोगो सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले व्यानर र कागजको पोष्टर महाधिवेशनमा प्रयोग गर्ने जानकारी दिए । ‘कागजको पोष्टर राख्दैनौं, भित्ते लेखन पनि हुँदैन,’ उनले भने, ‘कपडाको व्यानर पनि प्रयोग हुँदैन।’  

उनले यो महाधिवेशनमा समाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने जानकारी दिए । महाधिवेशनको प्रचारको लागि ७५३ वटै स्थानीय तहमा गोष्ठी, अन्र्तक्रिया, सेमिनारलगायतका कार्यक्रम दिनहुँजसो गर्ने उनले बताए । 

frontline

उनका अनुसार मंसिर ७ गते सम्पूर्ण जिल्ला, नगरमा मोटरसाइकल र्‍याली गरिनेछ । प्रत्येक वडा कमिटीदेखि जनवर्गीय संगठनले स्वागतद्वार निर्माण गर्नु पर्नेछ ।  एमालेको ६७४३ वडा कमिटी छन् ।

डिजिटल डिस्प्ले, होडिङ बोर्डको तथ्यांक लिएर आवश्यक स्थानमा पार्टीको लोगो, नाराको प्रयोग गरिने भएको छ। पार्टीले गरेको कामको भिडियोमार्फत प्रचारप्रसार पनि गरिने भएको छ । शुक्रबार नै अध्यक्ष केपीशर्मा ओलीको सन्देश प्रवाह हुने भएको छ। 

त्यसैबीच एमाले महाधिवेशनमा प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । महासचिव ईश्वर पोखरेलले तुलसीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरेका हुन्। 

एकसिंगे गैंडाको मस्कटसहितको लोगो तयार पारेको हो । लोगोमा गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा उचालेको छ । पार्टीका स्थायी समिति सदस्य विष्णु रिमालले पार्टीको नारासहित जिंगल सार्वजनिक गरेका छन् । 

यही मसिर १० देखि १२ गतेसम्म चितवनमा एमाले महाधिवशेन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here