एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं- नेकपा एमालेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन्। 

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरूलाई कम्तीमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदानको सिस्टमबारे जानकारी गराएका थिए।

frontline

एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुने छन्। त्यसका लागि भोलि (शनिबार) देशभर प्रतिनिधि चयन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here