१४७ दिनमा जन्मिएका शिशुको नाम गिनिज बुकमा, पाए प्रमाणपत्र

२६ कार्तिक, अलाबामा : सामान्यतया गर्भाधारण भएको ९ महिना अर्थात् ४० हप्तामा शिशु जन्मिन्छन् । तर, दक्षिणपूर्वी राज्य अलाबामा एक शिशुले निकै कम समयावधिमै जन्म लिएका छन् । ती शिशु २१ हप्ता अर्थात् १४७ दिनमा जन्मिएका हुन्। निकै कम समयमा जन्मिएका ती शिशुले संसारकै कम समयमा जन्मिने शिशुको रुपमा प्रमाणपत्र पाएका छन् । 

कर्टिस मिन्स नाम दिइएका ती शिशु सन् २०२० जुलाई ४ मा जन्मिएका हुन् । जन्मिदा उनको तौल जम्मा ४२० ग्राम थियो । हाल जन्मेको १६ महिना पुगेका कर्टिस संसारकै कम समयमा जन्मिने शिशु भएको गिनिज वल्र्ड रेकर्डले पुष्टि गरेको छ । 

frontline

करिब १९ हप्ताअघि नै ती शिशुले आमा माइकल बटलरको गर्भबाट जन्म लिएका हुन् । बटलरले जुम्ल्याहा शिशु जन्म दिएपनि कर्टिससँगै जन्मिएका किस्याको भने जन्मिने वित्तिकै मृत्यु भएको थियो ।

सो समयमा कर्टिसको बाच्ने सम्भावना जम्मा १ प्रतिशत मात्र रहेको चिकित्सकले बताएका थिए । जन्मिएपछि भेन्टिलेटरमा राखिएका कर्टिसलाई तीन महिनापछि अस्पतालले डिस्चार्ज गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here