बार एसोसिएसनको आन्दोलनमा प्रहरी हस्तक्षेप, प्रहरीको लाठी प्रहारबाट पाँच अधिवक्ता घाइते

२५ कार्तिक, काठमाडौं । नेपाल बार एसोसिएसनको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका अधिवक्ताहरूमाथि प्रहरीले ‘लाठीचार्ज’ समेत गरेको बताइएको छ ।

प्रहरीको लाठी प्रहारबाट पाँचजना अधिवक्ता घाइते भएका नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले बताए ।

frontline

उनका अनुसार नेपाल बारका महासचिव लीलामणि पौडेल, नेपाल बारका पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमन कर्ण र उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीशको नाम जोडिएको र न्यायालयको गरिमा कायम राख्न उनले राजीनामा दिनुपर्ने अधिवक्ताहरूको माग छ ।

आजको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि नेपाल बारको नेतृत्वमा सर्वोच्च परिसरभित्रै कोणसभा र नाराबाजी गरिएको छ । यसअघि, सर्वोच्च परिसरमा धर्ना मात्र बसेर कानुन व्यवसायीले बार परिसरमा कोणसभा गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here