दुई साता नबित्दै पुन: पेट्रोलियम पदार्थको मूल्यमाबृदि

२५ कार्तिक, काठमाडौं । गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ। यसअघि १२ कात्तिक राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको थियो।

यस पटक पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर ३ रुपैयाँका दरले बढाएको छ। अब पेट्रोलको मूल्य प्रति लिटर १३६, डिजल र मट्टीतेलको मूल्य प्रति लिटर ११९ पुगेको छ।

frontline

खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर ७५ रुपैयाँ बढाएर एक हजार ५७५ रुपैयाँ पुर्‍याएको छ। यसअघि १२ कात्तिकमा ग्यासको मूल्य ५० रुपैयाँले बढाइएको थियो।

त्यस्तै, हवाई इन्धन प्रति लिटरमा ५ रुपैयाँ बढाएर १०१ रूपैयाँ पुर्‍याएको छ। यसअघि १२ कात्तिकमा हवाई इन्धनको मूल्य बढ्दा हवाई भाडा पनि बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here