यमनमा अभिनेत्री इंतिसार–अल हम्मादीलाई पाँच वर्षको जेल सजाय

२५ कार्तिक, एजेन्सी : यमनमा एक अभिनेत्री तथा मोडललाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । यमनका विद्रोहीहरुले अभिनेत्रीमाथि अभद्रतामा दोषी ठहराएको छ ।

२० वर्षीया अभिनेत्री इंतिसार–अल हम्मादीले गत फेब्रुअरीमा आफूलाई हिरासतमा राखेपछि आफूमाथि शारीरिक दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले आफ्नो आँखामा पट्टी बाँधेर जबरजस्ती हस्ताक्षर गराएको समेत दाबी गरेकी थिइन् । उनीसँगै तीन महिलालाई पनि पक्राउ गरिएको थियो । उनीहरुलाई पनि जेल सजाय दिइएको छ ।

frontline

मानव अधिकार संगठन ह्यूमन राइट्स वाचले यो मामला निकै अनियमितपूर्ण रहेको जनाएको छ । यमनको पश्चिमोत्तर हिस्सा हूथी विद्रोहीको कब्जामा छ । उनीहरुले सन् २०१५ देखि सरकार समर्थक सेनाविरुद्ध युद्ध सुरु गरेका थिए । यमनको राजधानी सनामा हम्मादीलाई उनीमाथि लागेको आरोपको दोषी ठहराइएको छ । यसमा अभद्र व्यवहार गरेको र लागुऔषध राखेको आरोप पनि छ ।

हम्मादी र एक महिलालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । दुई अन्यमध्ये एकलाई तीन र अर्की महिलालाई एक वर्षको सजाय दिइएको छ । चारै महिलाका वकिल आदिल अल–कमालले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् ।

ह्यूमन राइट्स वाचकी एक असुन्धानकर्ता आफरा नासिरले ट्वीटमार्फत यो सजायलाई अनुचित र राजनीतिबाट प्रेरित बताएकी छन् । यमनका सूचना मन्त्री मोअम्मानर अल–एयरानीले यो घटना हूथी विद्रोहीहरुको महिलाविरुद्ध गरिएको हजारौं अपराधको एक उदाहरण भनेका छन् ।

हम्मादीका पिता यमनी र आमा इथियोपिाई हुन् । उनी कैयौं वर्षदेखि मोडलिङ गर्दै आएकी छन् । उनले यमनका दुई टेलिभिजन सिरियलमा अभिनय गरेकी छन् । उनले कैयौंपटक इन्टरनेटमा शीर नछोपिएको तस्वीर राखेकी छन् । कट्टरपन्थी मुस्लिम समाजमा यसलाई अनुचित मानिन्छ ।

उनको वकिलले गत जूनमा ह्युमन राइट्स वाचलाई हम्मादी अन्य महिलाहरुका साथ कारमा गइरहँदा हूथी विद्रोहीहरुले उनीहरुको कार रोकेर पक्राउ गरेका थिए । ‘उनको फोन जफत गरियो र उनको मोडलिङवाला तस्वीरलाई अभद्र भनियो । उनलाई ‘वेश्या’को उपमा दिइयो’, वकिलले भनेका छन् ।

ह्यूमन राइट्स वाचका अनुसार हम्मादीले जेलमा उनीसँग भेट्नका लागि अनुमति लिएर आएका मानवअधिकार कार्यकर्ताहरु र एक वकिलसँग कुराकानी गरेकी थिइन् । उनले आफूमाथि जबरजस्ती आँखा बन्द गराएर एक कागजमा हस्ताक्षर गराइएको र त्यो कागजमा आफ्नो सबै गल्तीलाई स्वीकार गरिएको लेखिएको दाबी गरेकी थिइन् ।

गत मार्चमा हम्मादीले सनाको केन्द्रीय कारागारमा पठाइएको थियो । उनका वकिलका अनुसार जेलमा प्रहरीले उनको रंग र उनको इथियोपियाई मूलको कारण उनलाई ‘वेश्या’ र ‘गुलाम’ भनेर बोलाउथे । बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here