९ जलविद्युत कम्पनीको लाभांश घोषणा

सान्केतिक तस्बिर

२५ कार्तिक, काठमाडौं । हालसम्म ९ जलविद्युत कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

सूचीकृत ४६ जलविद्युत कम्पनी औषत लाभांश १३.०३ प्रतिशत देखिएको छ । जसमा बोनस शेयर औषतमा ९.७२ प्रतिशत र नगद लाभांश औषतमा ३.३१ प्रतिशत छ ।

frontline

हालसम्म नेप्सेमा सूचीकृत ४६ कम्पनीमध्ये अझै ३७ ले लाभांश घोषणा गर्न बाँकी छ ।

हालसम्म प्रस्तावित लाभांशमा ङादी ग्रुप पावरले सबैभन्दा धेरै २१.०५ प्रतिशत (२० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद) लाभांश घोषणा गरेको छ ।

यस्तै,  अरुण काबेलीले १७.८९ (१७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद) लाभांश घोषणा गरेको छ । 

यसैगरी, रिदी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले १२.६० प्रतिशत लाभांश घोषणा गरेका छन् । 

अपि पावरले कूल ११.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १०.५० बोनस र ०.५५ प्रतिशत नगद लाभांश रहेको छ ।

अरुण भ्याली, सिनर्जी पावर डेभलपमेन्ट,रुरु जलविद्युत र सानीमाईले कूल १०.५३ प्रतिशत लाभांश घोषणा गरेका छन् । यी चारै वटा कम्पनीको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here