बक्राहा खोलामा डुबेर एकको मृत्यु, एक जना बेपत्ता

२५ कार्तिक, मोरङ । मोरङको बक्राहा खोलामा डुबेर एकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । भारत विहारको मध्यपुरा सिहेंश्वरथान घर भएका २१ वर्षीय बिटु कुमार साहको खोलामा डुबेर मृत्यु भएको हो ।

अर्का युवक १८ वर्षीय राजा साह भने बेपत्ता भएका छन् । दुवै जना रंगेली नगरपालिका-६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका थिए ।

frontline

पाहुना आएका दुवै जना आज दिउँसो करिव १ बजेतिर बक्राह खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डुबेर बेपत्ता भएको हल्ला चलेपछि खोजी गर्दा बिटुको शरीर पानीमा तैरिएको अवस्थामा फेला परेको थियो । उनलाई उपचारको लागि रंगेली अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए भने राजा साहको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here