प्रविधिसँगै बढ्दै अपराध

२४ कात्तिक, काठमाडौं । ललितपुर ईमाडोलका बिमलजंग खत्रीलाई यही कात्तिक १९ गते बिहान ११ बजेको समयमा विश्व खड्का भन्ने अपरिचित व्यक्तिको नामबाट फेसबुकमा म्यासेज आयो । उक्त म्यासेजमा लेखिएको थियो, के छ ब्रो, हाल खबर ? उक्त म्यासेजसँगै ति व्यक्तिले खत्रीलाई जुम मिटिङमा आउन आग्रह गरे । ‘मैले आउन नसक्ने भने पछि, उक्त म्यासेज डिलिट भयो,’ खत्रीको भनाई थियो । 

त्यही दिन राती ११ बजे खत्रीले आफ्नो फेसबुक खोल्न खोजे फेसबुक खुलेन । ‘मैले पासवर्ड हालेँ, त्यो पासवर्डले पनि फेसबुक खुलेन, पासवर्ड परिवर्तन भइसकेको रहेछ ।’ फेरि उहाँले नयाँ पासवर्ड बनाएर फेसबुक खोल्न खोज्नुभयो । अनि थाहा भयो। उहाँको फेसबुक त ह्याक भइसकेको रहेछ ।

frontline

उहाँको नाउँबाट उहाँका बिभिन्न साथीहरूलाई म्यासेज पठाउँदै बिभिन्न साथीहरूसँग रकम माग भएछ, केही साथीहरूले रकम पनि पठाएछन् । पछि खत्रीले आफ्नो फेसबुुक ह्याक भएको र आफूले रकम माग नगरेको भनेपछि रकम पठाउने साथीहरु रनभुल्लमा परे । अहिले खत्री सहितका रकम पठाउने पीडित व्यक्तिहरु ह्याकर विरुद्ध उजुरी गर्न महानगरीय अपराध महाशाखा मिनभवनमा धाईरहेकाछन् ।

यो एउटा सानो उदाहरण मात्र हो, सामाजिक सञ्जाल मार्फत आफू ठगिएको उजुरी त दिनमा दर्जनौं आउँछन् । यसमा सामान्य व्यक्तिहरुदेखि लिएर शिक्षित र व्यापारिक घरानाका उच्च ओहोदाका व्यक्तिहरु समेत पर्ने गरेकाछन्, महानगरीय अपराध महाशाखा मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईराला भन्नुहुन्छ ।

नेपालमा यसरी सामाजिक सञ्जाल प्रयोग गरी हुने ठगी धन्दा निकै ठुलो रहेको छ । यसको सञ्जाल पनि निकै ठुलो रहेको छ । तर यति ठूलो सञ्जाल भईकन पनि सामाजिक सञ्जाल मार्फत हुने ठगी धन्दामा नेपालीको प्रत्यक्ष संलग्नता भने निकै नै कम छ, प्रवक्ता कोईराला भन्नु हुन्छ ।

नेपालमा बिभिन्न सामाजिक सञ्जाल मार्फत हुने ठगी कार्यमा संलग्न हुनेमा भारतीय ह्याकहरुहरु बढी रहेकाछन् । भारतीय ह्याकरहरुको संलग्नता पनि न्युजिल्याण्ड, रुस लगायतका देशका ह्याकहरुसंग हुने गरेकाछन् । यसकारण सामाजिक सञ्जाल मार्फत हुने रकम ठगीमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने सम्भावना र पीडितले न्याय पाउने संभावना निकै नै कम हुने गरेको छ ।

प्रहरी सक्रियताका कारण यस्तो कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परिहाले पनि ति व्यक्तिहरू माध्यम मात्र भएका हुन्छन् । उनीहरुलाई चलाउने व्यक्तिहरु बिभिन्न तहमा, बिभिन्न देशमा रहेका हुन्छन् । सोहीकारण पनि यस्तो कार्यमा संलग्न व्यक्तिहरू कारवाहीको दायरामा आउन सक्ने सम्भावना निकै नै कम रहेको हुन्छ । अर्कोतर्फ नेपालमा साइबर सेक्युरिटी र साइबर अपराध सम्बन्धी ऐन नियमको पनि अभाव छ, त्यसको फाइदा अहिले ह्याकरहरुले उठाईरहेकाछन्, प्रवक्ता कोईराला भन्नुहुन्छ । 

यसकारण सामाजिक सञ्जाल मार्फत हुने रकम ठगी कार्यलाई नियन्त्रणमा ल्याउनको लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आफै सचेत हुुनुपर्छ, कुनै अपरिचतले पठाएको म्यासेज रिप्लाई नगर्ने, अनावश्यक एपहरु मोवाईलमा डाउनलोड नगर्ने, आफ्नो फेसबुुक र अन्य सामाजिक सञ्जालको पासवर्ड समय, समयमा परिवर्तन गर्ने, अन्जान व्यक्तिहरुबाट आएको फ्रेन्ड रिक्वेस्टलाई एसेप्ट नगर्ने, आफ्नो नागरिकता, फोटोकपी, आफ्नो बैंक अकाउन्ट, एटिएम कार्डहरुको जानकारी कसैलाई नदिने गर्नुपर्छ । छोटो समयमा चिनजान भएर पनि नजिक भएका व्यक्तिहरुले माग्यो भन्दैमा आफ्नो नागरिकता, बैंक अकाउन्टको बारेमा जानकारी दिने कार्य बन्द गर्नुपर्छ, प्रवक्ता कोईराला भन्नुहुन्छ । 

यदि कुुनै व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गरी रकम माग्छ भने, त्यसको बारेमा सचेत भई त्यसको जानकारी प्रहरीलाई दिने, रकम माग्ने व्यक्तिको बारेमा आवश्यक जानकारी दिएर मोवाईल मार्फत सम्बन्धित व्यक्तिलाई फोनमा कुरा गरेर मात्र दिनुपर्छ, महाशाखाका प्रवक्ता कोईराला भन्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here