आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र पौडेलको घाेषणा

२१ कार्तिक, काठमाडाैंनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने  घाेषणा गर्नुभएकाे छ। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसलाई पहिलेको जस्तै पहिलो शक्ति बनाउन आफूले उम्मेदवारी दिने निर्णय गरेको बताउनुभएकाे हाे ।

उहाँले अहिलेको नेतृत्वका कारण नेपाली कांग्रेस कमजोर बन्दै गएकाले पनि आगामी महाधिवेशनपछि पार्टीलाई प्रभावकारी बनाउन आम कार्यकर्ताले आफूलाई सभापति पदमा जिम्मेबारी लिन आग्रह गरेपछि उम्मेदवारी दिने निर्णय गरेकाे दाबी गर्नुभयाे ।

frontline

पार्टीलाई नयाँ जीवन दिन सभापति देउवाले आफूलाई समर्थन गर्ने बिश्वास रहेको भन्दै यदि त्यस्तो भएन भने पार्टीका लागि मात्र होइन देशकै लागि दुर्भाग्य हुनसक्ने उहाँकाे भनाइ छ ।

गठबन्धनका विषयमा जनतासमाचारले साेधेकाे प्रश्नमा वरिष्ठ नेता पौडेलले आगमी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्ने तर निर्वाचनमा केही स्थानमा सहकार्य  गरेपनि अधिकांश स्थानमा काग्रेस एक्लै चुनावमा जानुपर्ने विचार व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here