उत्तर कोरियामा भोकमरी, उच्च जोखिममा बालबालिका
२० कार्तिक, सियोल : उत्तर कोरियामा भोकमरी लागेका खबरहरु सार्वजनिक भएका छन्। उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका डिफेक्टरहरुले उत्तर कोरियाका कयौं परिवारहरु भोकभोकै रहेको बताएका हुन्।
त्यहाँका बालबालिकासमेत उच्च जोखिममा छन्। जाडोको समयमा खान नपाएर उनीहरुको ज्यानसमेत जान सक्ने डिफेक्टरहरुले बताएका छन्।
अनाथ बालबालिकाहरु खान नपाएर सडकमै मरिरहेको उनीहरुले बताएका छन्। जाडोको समयमा उत्तर कोरियामा झन् भोकमरी बढ्ने डिफेक्टहरुले बताएका छन्।
‘सडकमा धेरै अनाथ बालबालिकाहरू भोकमरीले मर्ने गर्छन’, डेली एनकेका सम्पादक ली साङ योङले भने। उत्तर कोरियामा तल्लो वर्गका जनताहरु बढी पीडित छन्।
उनका अनुसार, अपेक्षा गरेभन्दा बढी उत्तर कोरियामा खाद्यान्य अभाव रहेको छ। चीनमा कोरोना फैलन थालेपछि उत्तर कोरियाले सबै नाका बन्द गराएको छ,जसले गर्दा उत्तर कोरियाको जानकारी पाउन कठिन हुँदै गएको बीबीसीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्