कोप–२६ सम्मेलन : कोइलाको उपयोग नगर्ने ४० देशको प्रतिवद्धता
१९ कार्तिक, ग्लास्गो : बेलायतका ऊर्जा मन्त्रीले कोप–२६ जलवायु शिखर सम्मेलनमा ४० देशहरुले कोइलाको उपयोग नगर्ने प्रतिवद्धता जनाएको बताएका छन् ।
यस्तो प्रविद्धता गर्ने देशहरुमा कोइलाको धेरै खपत गर्ने पोल्याण्ड, भियतनाम र चिली पनि छन् । तर अष्ट्रेलिया, भारत, चीन र अमेरिकासहित संसारका केही कोइला निर्भर ठूला देशहरुले भने यसमा समर्थन जनाएका छैनन् ।
जलवायु परिवर्तनमा कोइलाको सबैभन्दा ठूलो योगदान छ । कोइला प्रयोग नगर्ने समझौतामा हस्ताक्षर गर्ने देशहरुले घरेलू र अन्तर्राष्ट्रियस्तरमा कोइलाबाट बन्ने विद्युतमा लगानी समाप्त गर्ने प्रतिवद्धता जनाएका छन् ।
बेलायतका अनुसार २०३० को दशकमा यी देशहरुले कोइलाको प्रयोग बन्द गर्नेछन् । यी मध्ये गरिव देशहरुले २०४० को दशकमा चरणवद्ध रुपमा कोइलाको प्रयोग बन्द गर्ने सहमति जनाएका छन् ।
कैयौं संस्थाहरुले पनि यो प्रतिज्ञामा हस्ताक्षर गरेका छन् । बैंकहरुले कोइला उद्योगलाई ऋण नदिने प्रतिवद्धता गरेका छन् ।
बेलायतका ऊर्जा मन्त्री क्वासी क्वार्टेंगले भने, ‘कोएलाको अन्त्ये नजिक छ । संसार ठिक दिशामा गइरहेको छ । एक यस्तो भविष्य देखिएको छ, जहाँ सफा ऊर्जा सञ्चालन हुनेछ ।’ एजेन्सी
प्रतिक्रिया दिनुहोस्